उपमेयर महतोद्वारा लहान १८ मा अनुगमन

रिपोर्ट नेपाल | 2022 Jun 27 | 08:36 am 2825

  • महेश सिंह

सिरहा, असार १४ः सिरहाको लहान नगरपालिका १८ स्थित पोखरीया गडमा पोखरी सौन्दर्य करणको काममा टुक्रा ईटा प्रयोग भएको लहान नगरपालिकाको उपमेयर राम चलितर महतोले अनुगमनमा जादा तथ्य फेला पारेको छ।

No description available.

वन तथा पर्यटन मन्त्रालय मधेस प्रदेश सरकारको सुचिकृतमा रहेको पर्यटक क्षेत्र पोखरीया गडमा श्रमदान सहित ४० लाखमा निर्माण भई रहेको पोखरी सौन्दर्य करणको काममा टुक्राईटा मात्र प्रयोग भएको र ढलानमा कम मात्रामा सिमेन्ट प्रयोग गरेर काम गरि रहेको अनुगमनमा गएका उपमेयर राम चलितर महतोले अनुगमनबाट तथ्य फेला पारेका छन्।

स्टिमेट अनुसार काम नभएको अनुगमनले खुल्न गएको छ । उक्त निर्माण कार्यको उपभोक्ता समितिका अध्यक्ष प्रमोद कुमार यादव, काम सहयोगी स्थानीय हृदय नारायण महतो लगायत ब्यक्तिहरु उपभोक्ता सदस्यमा रहेका छन्।

लहानका उपमेयर राम चलितर महतोले अनुगमनमा जादा मन्दिर पर्यटन र धार्मिक स्थल भएकोले काममा कमि कमजोरी नगर्न र कामलाई गुणस्तरीय बनाउन उपमेयर महतोले निर्देशन दिए। अनुगमनमा उपमेयर महतो र लहान १८ का वडा अध्यक्ष मो समशेर लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.