काठमाडौं, असार ९: गोरखामा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ : २२ बजेमा गोरखाको थुमी आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्।
बिहीबार बिहानै ३ : ५६ बजेपनि कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का गण्डकी प्रदेशको पर्वत, म्यादी, बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरेको स्थानीयवासीले बताएका छन् । भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन। अन्नपूर्ण पाेस्ट दैनिकबाट