फेसबुकमार्फत प्रहरीको बदनाम गर्ने एन्जिला गिरफ्तार

| 2018 Aug 01 | 08:44 pm 2005

कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. २ उल्टाखाम निवासी वर्ष १३ की निर्मला पन्त यही साउन ११ गते विहान मृत अवस्थामा फेला परेको घटनाको सम्बन्धमा अनुसन्धान कार्य भइरहेको र संलग्न प्रतिवादी हालसम्म खुल्न नआएको परिवेशमा सामाजिक सञ्जाल फेसबुकमा ‘यिनै हुन १४ वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गरी हत्या गर्ने प्रहरी, सक्दो शेयर गर्नुहोला’ भन्ने शीर्षकको भ्रामक सामाग्रीसहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटोसमेत पोष्ट गरी फेसवुकमा शेयर गरेको सन्दर्भप्रति नेपाल प्रहरीको विशेष ध्यानाकृष्ट भएको बुझिएको छ ।

संवैधानिक मौलिक हकको समेत प्रतिकुल हुने गरी आधारबिना फेसवुकमा पीडित परिवारलाई अझै पीडित बनाउने गरी यस किसिमका सार्वजनिक नैतिकता तथा शिष्टाचार बिरुद्धका सामाग्रीले सामाजिक प्रतिष्ठामा आँच आउने तथा घृणा र देवेष फैलाउने तथ्यलाई ध्यानमा राखी प्रहरीको विशेष अनुसन्धान ब्युरोले अनुसन्धान गरेको र यस्ता भ्रामक र अमर्यादित सामाग्रीहरु सम्प्रेषण भएको सम्बन्धमा अनुसन्धान गर्दा उल्लेखित सामाग्रीहरु rmkhabar.com मा प्रकाशन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यस्तो जघन्य प्रकृतिको अपराधको अनुसन्धान कार्यमा वाधा पुर्याउने तथा प्रहरी संगठनको समेत प्रतिष्ठामा आँच पुर्याउने गरी गलत समाचार प्रकाशित गरी सामाजिक संजालमा सम्प्रेषण गरेको कार्यमा संलग्न rmkhabar.com का प्रबन्धक तथा निर्देशक प्राप्ती सापकोटा पौडेल भन्ने एञ्जिला सापकोटालाई पक्राउ गरि बिधुतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तरगतको मुद्दा दर्ता गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्यादथप लिई थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.