प्रधान सेनापतिद्वारा NEPBATT Headquarter तथा UNIFIL Force Headquarter, Naqoura को भ्रमण

रिपोर्ट नेपाल | 2022 Jun 20 | 09:11 pm 1637

काठमाडाैं, असार ६ः मिति २०७९ असार ०४ गतेबाट UNIFIL Mission Lebanon को निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा लगायतका भ्रमणदलले आज मिति २०७९ असार ०६ (तद्अनुसार 20 June, 2022) गते UNIFIL Mission Lebanon मा तैनाथ NEPBATT Headquarter को निरीक्षण भ्रमण गरेका छन् ।

सोही क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त हे.क्वा. मा कार्यरत नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुका साथै, शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्‍याएका २ जना नेपाली शान्ति सैनिकहरु र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका ३ जना लेवनानी नागरिकहरु गरी जम्मा ५ जनालाई उनीहरुले पुर्‍याएको योगदानको कदर स्वरुप प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेका थिए ।

प्रधान सेनापति महारथी शर्मा तथा भ्रमणदलका सदस्यहरुले आज नै UNIFIL Force Headquarter, Naqoura को भ्रमण गरेका थिए । भ्रमणको दौरान, प्रधान सेनापति महारथी शर्माले UNIFIL Mission Lebanon का Head of Mission (HOM)/Force Commander (FC) Major General Aroldo Lázaro Sáenz सँग शिष्टाचार भेटघाट गरेका थिए । भेटघाटको क्रममा HOM/FC Major General Sáenz ले दक्षिण लेवनानमा शान्ति स्थापनाका लागि UNIFIL मिसनमा स्थापना काल देखि नै नेपाली सेनाको निरन्तर सहभागिता
तथा व्यवसायिकताको खुलेर प्रशंसा गरेका थिए ।

त्यसैगरी, प्रधान सेनापति महारथी शर्माले दक्षिण लेवनानमा शान्ति स्थापनाको लागि UNIFIL को mandate अनुरुप कार्य सम्पादन गर्न नेपाली सेना सदैव कटिवद्ध रहेको र UNIFIL मा नेपाली सेनाको निरन्तर सहभागिताको प्रतिवद्धता समेत जनाएका थिए । प्रधान सेनापति महारथी शर्माको सम्मानमा UNIFIL Force Headquarter को एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणकै दौरान प्रधान सेनापति महारथी शर्माले, UNIFIL मिशनका Chief of Staff (COS) Major General Hubert Gomart तथा मिशनका अन्य पदाधिकारीहरुसँग समेत शिष्टाचार भेट गर्नु भई मिशनको वस्तुस्थिती तथा विविध पक्षहरुको बारेमा जानकारी लिएका थिए । उक्त भेटघाट पश्चात प्रधान सेनापति महारथी शर्माले, Force Headquarter मा कार्यरत नेपाली सेनाका स्टाफ अधिकृतहरुसँग अन्तर्क्रिया गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.