काठमाडाैं, असार ६ः जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउन आदेश दिएको छ।
आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई पाण्डेले पटकपटक बलात्कार गरेको घटना बाहिर आएपछि उनी पक्राउ परेका थिए।
जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनलाई डिल्लीबजार कारागार पठाइएको छ।
गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन्।