सिक्टाका आरोपीतलाई बिशेषले न्याय दियो

रिपोर्ट नेपाल | 2022 Jun 20 | 10:39 am 4313

काठमाडौं, असार ६ः २०७५ साल मंसिर २२ गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै पूर्व मन्त्री बिक्रम पाण्डे सहित २१ जनालाई विशेष अदालतमा दर्ता गरेको मुद्दाका विषयमा विशेष अदालतले झुठा सावित गरिदिएको छ ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइमा साढे आठ अर्ब भष्ट्राचार गरेको भन्दै दर्ता गरिएको मुद्दालाई अन्तत चार वर्षपछि आरोपीत २१ जनालाई न्याय दिँदै सफाई दिएको छ ।

आयोजनाका पूर्व र बहालवाला कर्मचारी १६ जना, ठेकेदार कम्पनी र परामर्शदाता ५ जना गरी २१ जनालाई विपक्षी बनाई दर्ता गरिएको मुद्दा अन्तत आग्रह र पूर्वाग्रहका आधारमा गरिएको प्रमाणित सम्मानीत विशेष अदालतले गरिदिएको छ ।

दर्ता गरिएको मुद्दालाई आयोजना प्रमुख सर्वदेव प्रसाद जैसवाल, सीडिई मीनराज ढकाल, पूर्व आयोजना प्रमुख तथा महानिर्देशक सरोजचन्द्र पण्डित, आयोजना प्रमुख दिलीपबहादुर कार्की, आयोजना पूर्व प्रमुख रमेश बस्नेत, सीडिई सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्कीलाई विपक्षी बनाइएको थियो ।

ठेकेदार कम्पनीका पूर्व मन्त्री विक्रम पाण्डे, युवराज क्षेत्री, इआरएमसीका परामर्शदाता उद्धवराज चौलागाई, हेमनिधि शर्मा र अरुणकुमार चौधरीलाई पनि अख्तियारले विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

दायर मुद्दालाई करिब साढे तीन वर्षपछि तीन न्यायाधिशको इजलासले सफाई दिएको हो । विशेष अदालतका न्यायाधिश श्रीकान्त पौडेल, रमेश पोख्रेल र यमुना भट्टराईको इजलाशले आरोपीत २१ जनालाई सफाई दिएको छ ।

न्यायालयबाट सफाई पाएपछि रिपोर्ट नेपाल सँग संक्षिप्त कुरा गर्दै योगेन्द्र मिश्रले हामी माथि ठूलो अन्याय र अपमान गरिएको थियो तर सम्मानीत अदालतले हामीलाई न्याय दिएर ठूलो गुन लगाएको बताए । सम्मानीत अदालतको यो निर्णयले न्याय जिवित रहेछ भन्ने प्रमाणित भएको मिश्रले बताए ।

त्यस्तै अर्का आरोपी प्रेम घिमिरे र सुशिलचन्द्र देवकोटाले आफ्नो प्रतिकृया दिँदै विशेष अदालतका श्रीमानहरुको निर्णयले नखाएको विष लाग्दैन भन्ने कुराको थप पुष्टी भएको जनाउँदै चार चार वर्षसम्म हामीलाई अनायासै दुःख दिएर मानसिक यातना दिएको क्षतिपुर्ती कसले दिने ? उनीहरुको प्रश्न थियो । मुद्दाको तीन हप्ता देखि निरन्तर सुनुवाई भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.