सशस्त्र प्रहरीद्धारा सुर्तीजन्य पदार्थ बरामद

| 2022 Jun 19 | 07:52 pm 1781

सिरहा, असार ५ः जिल्लाको गोलबजार नगरपालिका ६ गोलबजारस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले ६० बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले उक्त सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८२४० नम्बरको ट्रकमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको सुर्तीजन्य पदार्थको खोलमा जनहितमा जारी लोगो नभएको भेटिएपछि बरामद गरिएको हो ।

चोरीपैठारीको सामान बरामद
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जमुनाहमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.