तोकिएको समय भन्दा एक घण्टापछि सुरु भयाे सुनुवाई समितिको बैठक

| 2018 Aug 01 | 04:50 pm 1706

काठमाडौँ, साउन १६ :  प्रधानन्यायधीशको अनुमोदनको विषयमा निर्णय गर्न संसदीय बिशेष सुनुवाई समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। जोशीबारे छलफल गर्न आजका लागि बैठक बोलाइएको बैठक तोकिएको समय भन्दा एक घण्टापछि सुरु भएको हो ।

सोमबारको बैठकले बुधबार ३:३० बजे बस्ने गरी बैठकको समय तोकेको भएपनि साढे चार बजेमात्रै बैठक सुरु भएको हो । सुनुवाइ समिति ६ दिनदेखि अलमलमा छ। समितिले उक्त सिफारिस अनुमोदन गर्न सकेको छैन। आजको बैठकबाट दीपकराज जोशीलाई अनुमोदन गर्नेरनगर्ने निर्णय हुने सम्भावना छ।

बैठकअघि नेकपाका नेता सुवास नेम्वाङ र भानुभक्त ढकालले समितिमा रहेका आफ्ना सांसदहरुसँग छलफल गरेका  थिए। सिंहदरबारस्थित संसदीय दलमा उनले छलफल गरेका हुन्। छलफलपछि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार गएका थिए।

त्यस्तै नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्म बहादुर खातीले कांग्रेस शेरबहादुर देउवासँग छलफल गरेका छन्।

संसदीय सुनुवाइको नजिता आउने समय नजिकिँदै जाँदा केसी र खाती सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासँग भेटघाटका लागि पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.