गंगा रावत (सागर)
चतुर , दुरदर्शि, डाइनामिक नेता ! जो चुनौतिका पहाड भित्र सम्भावना रोज्छन् ! समस्याका चाङ भित्र समाधान खोज्छन् ! राष्ट्रघातका काल, राष्ट्रवादका सतिसाल उनै अध्यक्ष क. प्रचण्डकै नेतृत्वको माओवादिको बलिदानिपुर्ण संघर्षकै प्रतिफल एकात्मक निरंकुश राजसस्थाको अन्त्य, गणतन्त्रको स्थापना, संघीय प्रणाली स्थापना, वर्गीय/जातीय/लिंगीय शाेषणको अन्त्य , समावेशी लोकतन्त्रको स्थापना, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको पूर्णता, नेपाली सेना र जनमुक्ति सेनाको समायोजन सहितको ब्यवस्था स्थापना भयो ! “म” भुल्ने “हामी” रोज्ने ! संकुचित मनोबाद सामुहिक उद्देश्यमा घुलित पार्दै परिवर्तनका निम्ति टोल, गाउँ, जिल्ला, क्षेत्र, केन्द्र जुरुक्क उठाइ हाम्रा सामुहिक सामाजिक सपनाका निम्ति लड्ने दुरदर्शिता प्रचण्डको पहिचान बनेको छ ! संसद विघटन र पार्टी बिभाजन रोज्ने केपि कदम , पुर्बमा हलो अड्काएर पश्चिममा गोरु चुटी निकास खाेज्ने उखाने अराजकता बिरुद्द यहि दुरदर्शि कमाण्ड फेरि बैचारिक/राजनितिक रुपमा धुवाधुवा जुधि प्रतिगमन परास्त गर्दै ब्यवस्था र कम्युनिस्ट आन्दोलन जोगाउन सफल भयो ।

अर्को तर्फ बिना प्रशोधन दुरुस्तै ढलै सहित एमसीसी निलौ भन्ने राष्ट्रघाती काग्रेस र एमाले दलाल लेण्डुपे प्रवृत्ति बिरुद्द माओवादी (केन्द्र) प्रचण्ड दुरदर्शि कमाण्डमा सडक, सदन, सरकारमा एकसाथ आन्दोलित भयो ! उपलब्धिमा फागुण-१५,२०७८ आइतवार एमसीसीका राष्ट्रघाति अखाद्य बुँदाहरुलाइ ढलमा पठाइ प्रसाेधित गरी योग्य तपसिल दुरदर्शि व्याख्यात्मक घोषणा गर्न बाध्य पार्यो :-
१. कम्प्याक्टको पक्ष भएका कारण नेपाल अमेरिकाको इण्डो प्यासिफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन।
२. देशको मूल कानुनको रूपमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरूभन्दा माथि रहनेछ।
३. एमसीसीको अनुदानको प्रयोगबाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविष्यमा निर्माण हुने अमेरिकी कानुन वा नीतिहरूको पालना गर्न नेपाल बाध्य हुनेछैन ।
४.एमसीए नेपाल ले सञ्चालन गर्ने क्रियाकलाप नेपालको कानुनद्वारा निर्देशित हुनेछ !
५.सम्पूर्ण बौद्धिक सम्पत्ति उपर नेपालको स्वामित्व रहनेछ !
६. एमसीए नेपालका सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण प्रचलित नेपाल कानुनबमोजिम महालेखा परीक्षकबाट हुनेछ।
७. नेपालले ३० दिनको लिखित पूर्वसूचना दिई बिना कुनै कारण कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकारका अतिरिक्त कम्प्याक्ट अन्तर्गतका क्रियाकलाप वा कार्यक्रम सञ्चालन गर्दा नेपालको कानुन वा नीतिको उल्लङ्घन गरेकोमा समेत ३० दिनको पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न सकिनेछ।
८. कम्प्याक्ट अन्तर्गतका कार्यक्रमको कार्यान्वयन कम्प्याक्ट तथा नेपालको प्रचलित राष्ट्रिय कानुन बमोजिम हुनेछ!
९. परियोजना लगायतका सबै चल तथा अचल सम्पत्ति र परियोजनासँग सम्बन्धित जग्गा नेपाल सरकार वा नेपाल सरकारका निकायको स्वामित्वमा रहनेछ।

हाल सतहमा विवाद सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीको निर्देशनमा प्रधान सेनापतिले सैन्य साझेदारि एसपीपीका निम्ति गरेको पत्राचारका कारण छचल्किरहँदा उनै प्रचण्डकाे दुरदर्शी निर्देशनको संघर्षले प्राप्त ब्याख्यात्मक घोषणाकै जगमा नाे एसपीपी बोल्ने नैतिक बल प्राप्त भएको छ ! कि एमसीसी लागू हुदैन भय ब्याख्यात्मक घोषणा सङसंगै कार्यान्वयनमा जान्छ जस्ले एसपीपी खारेज गर्दछ ! यहि प्रचण्ड दुरदर्शिताले एमसीसी केवल विकासे सहयोगमा मात्र सिमित पारिदियो ! यदि प्रचण्ड र उहाँको दुरदर्शिता हुन्थेन त, यी राष्ट्रिय पाखा पखेरूहरुमा अन्तराष्ट्रिय आइपीएस भित्रको एसपीपी कार्यान्वयनमा गइ सल्बलाइ रहेको हुन्थ्यो ।
लेण्डुपेहरुको कमिसनको खेलमा स्वाधिनता मृत प्राय बन्थ्यो । अमेरिकी शैनिकहरु नेपाली शेनाका ब्यारेकहरुमा भात मार्दै संयुक्त अभ्यास गर्दैगर्दा गगन दाइलाई जनताले चार पाटा मुडेर थानकोट कटाउदै गरेका हुन्थे ! कैद पन्क्षीझै सुन्दर आफ्नै भुगोलमा म, तपाई, हामीहरू तस्बिर लिने अनुमती खोज्दै एमसीसी कार्यालय बाहिर लाम बसिरहेका हुन्थ्यौ । तर अध्यक्ष तपाई सतिसालझै अडिग हुनुभयो र त ! स्वतन्त्र नाच्दै , हास्दै..उहाँकै दुरदर्शी ब्याख्यात्मक घोषणाका बुँदा लागुगर भनिरहेछाैं । राष्ट्रियताका कमाण्डर एकमात्र “चतुर दुरदर्शि डाइनामिक नेता प्रचण्ड” यहाँको यही विशिष्ट दुरदर्शि क्षमता राष्ट्रहितमा निरन्तर झै खर्च भैइहनेछ र भैइहोस् !
(लेखक नेकपा माओवादी केन्द्र युवा विशेष सम्पर्क कर्णाली सम्याेजक हुन्। )