चारकिलोमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

| 2022 Jun 18 | 02:24 pm 1273

चितवन, असार ४: नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११:३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.