भुम्या पर्वको अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना

| 2022 Jun 15 | 04:15 pm 2601

काठमाडौं, असार १ः उपराष्ट्रपति नन्दबहादुर पुनले भुमे (भुम्या पर्व)को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

नेपाल मगर संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले वर्षे बाली लगाउनुअघि प्रकृतिको पूजा गर्ने पर्वको रुपमा भूमे पर्व परम्परागत रुपमा मनाइँदै आएको बताए।

उनले भने “पर्व सांस्कृति सभ्यता पनि हो, सामाजिक हिसाबले नयाँ जीवन सुरुवात गर्ने र पारिवारिक सम्बन्ध जोड्ने पर्वको रुपमा लिइन्छ”, “इतिहास र पहिचानका रुपमा रहेको पर्व सामाजिक सद्भाव जोडिएको छ।”

देशका चाडपर्वको संरक्षण गर्न जरुरी रहेको बताउदै उनले संस्कृतिको विकासतर्फ पनि सबैको ध्यानाकर्षण गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.