मन्त्री लालबाबु पण्डित विरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

| 2018 Aug 01 | 02:55 pm 5423

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ज्यादती गरेको भन्दै एक सह सचिव न्याय खोज्दै प्रधानमन्त्री कार्यालय पुगेका छन् । खानेपानी मन्त्रालयको खानेपानी महाशाखाका प्रमुखको जिम्मेवारी सम्हालिरहेका सह सचिव राजनराज पाण्डे न्याय खोज्दै प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

०७४/१०/२२ गते र ०७५/०२/१७ गते गरेको निर्यणले कानुन विपरीत खटाइएको भन्दै कानूनी व्यवस्थापनका आधारमा रद्द गरी पाउँ भनी उनले प्रधानमन्त्री कार्यालयमा  निवेदन दिएका छन् ।  मंगलवारमात्र सह सचिव पाण्डेले आफूमाथि लालबाबु पण्डितबाट भएको ज्यादतीका विषयमा काममा खटाइएको विषय बदर गरी पाउन भन्दै  मुख्यसचिव लोकदर्शन रेग्मीमार्फ निवेदन दिएका हुन् ।  उनले आफू रहेको श्री खानेपानी मंगलायमा फिर्ता गरी पाउँ भनी निवेदन पेस गरेका छन् ।

कांग्रेसी सरकारको पेलानमा परी ०७४ वैशाखमा सुदुरपश्चिमतिर लखेटिएका थिए  । उनलाई त्यहाँको निर्देशक बनाएर खटाइयो । सिनियर सह सचिवलाई उप सचिव बस्ने ठाउँमा लखेटिएका कारण उनी त्यहाँ गएनन् । उनी घर बिदा स्वीकृत मिलाएर बिदामा बसे ।

यही बीचमा प्रदेश सरकार गठन भयो पाण्डेलाई सात नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाएर पठाइयो । गत जेठ १७ गते डिमोसन हुने गरी अर्को पत्र काटियो । प्रदेशको सचिवको जिम्मेवारी सम्हालिरहेका पाण्डेलाई मुख्यमन्त्रीको कार्यालयको सह सचिवको जिम्मेवारी दिइएको पत्र काटियो ।

जहाँ उनीभन्दा ७३ महिना पछाडि बढुवा भएर सह सचिव बनेका प्रदीप कँडेल र युवराज अधिकारी सचिवको रूपमा कार्यरत छन् । पाण्डे ६८ साल फागुनमा नै सह सचिव बढुवा भएका प्रदीप र युवराजहरू ७३ सालमा मात्र सह सचिव बनेका थिए । आफूभन्दा जुनियरको अन्डर रहने गरी खटाइने लालबाबु पण्डितको यो निर्णय समायोजन नियमावली ११ (२) को बर्खिलापमा छ ।

यस्तै निजामती सेवा नियमावली ३६ (१२) अनुसार कार्यालय प्रमुखलाई काजमा खटाउन कुनै पनि हालतमा मिल्दैन तर लालबाबु पण्डितले दिपायल क्षेत्रीय खानेपानी कार्यालयका निर्देशकलाई प्रदेश नम्बर सातको भौतिक योजना मन्त्रालयको सचिव बनाएर खटाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.