माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

| 2022 Jun 15 | 11:34 am 2853

बागलुङ, असार १ः करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेपछि बागलुङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिगाड-२ सक्न्यारका ३२ वर्षीय छबिलाल बलामी रहेका छन् ।

जिल्लाको बडिगाड गाउँपालिका-५ न्वारास्थित बडिगाड खोलामा अवैध रुपमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए।

करेन्ट लागेको छबिलालको घटनास्थलमै मृत्यु भएको र उनीसंगै माछा मार्न गएका अन्य ५ जना सकुशल रहेको जानकारी प्राप्त भएपछि प्रहरीचौकी ग्वालीचौर र इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोलीले घटनाको प्रारम्भीक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.