काठमाडौं, असार १ः नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी नायब महानिरीक्षकको बढुवा प्रकृया रोकिनाले प्रदेश लगायत विभिन्न ठाउँमा यसको प्रभाव परेको छ । नेपाल प्रहरीमा प्रशासन तर्फ आठ अतिरिक्त महानिरीक्षक भएपनि नायब महानिरीक्षक भने तीन जना मात्रै छन् ।
बीस दरबन्दी भएको नायब महानिरीक्षक १७ पद रिक्त छन् । यति ठूलो संख्यामा पद रिक्त हुँदा समेत बढुवा प्रकृया ढिला हुनुलाई बुद्धीजिवीले त्यति राम्रो मानेका छैनन् । समयमा रिक्त पद पूर्ति नहुँदा अनेक शंका आशंकाले हेरिनुलाई खासै नराम्रो भन्न मिल्दैन ।
प्रहरी महानिरीक्षक धिरज प्रचाप सिंहले नेताको घर धाउने अधिकृतको रेकर्ड राख्ने बताए पनि स्वयम् महानिरीक्षक सिंह त्यही प्रकारबाट आएकोले बरिष्ठ उपरीक्षकहरुले त्यसलाई टेर पुच्छर लगाएका छैनन् ।
एक अधिकृतले रिपोर्ट नेपाललाई आइजी साहेब कहाँबाट कसरी आउनुभयो त्यो दुनियाँलाई थाहा छ । रेकर्ड राख्छु भन्नु उहाँको जगत हसाउँने काम हो ति अधिकृतले भने । बढुवा प्रकृया ढिला भएकोमा थेप्रै प्रहरीले असन्तुष्टी पोखेका छन् ।
बढुवा प्रकृया ढिला हुनुमा यसमा चासो राख्ने प्रधानमन्त्री शेरबहादुर देउवाकी धमैपत्नी आरजु देउवा देश बाहिर भएका कारणले हो पनि भन्ने गरिएको छ । देउवा बिहीबार नेपाल आएपछि बढुवा प्रकृया अगाडी बढ्ने बुझिएको छ ।
सम्भवत यो हप्ता १७ बरिष्ठ उपरीक्षले काँधमा फुली लगाउने सिफारिसमा पर्ने भएका छन् । एक देखि तीन नम्बर सम्म पर्नका लागि अहिले बरिष्ठ उपरीक्षकहरु रेसमा छन् । नेताको घर चाहारेको भन्दै त्यसलाई रोक्न महानिरीक्षक धिरज प्रताप सिंहले विभिन्न प्रदेशमा भ्रमणमा पठाए पनि त्यो बिचमा बढुवा नभएकोले रेस अझ सकृयताका साथ बढेको छ ।
महानिरीक्षक सिंहले आज १ गते सम्मको म्याद दिएर खटाइएका बरिष्ठ उपरीक्षक आजै आफ्नो प्रतिवेदन बुझाएर आफ्नो दौडलाई सकृय पार्नेछन् ।
२०७५ फागुन ७ र २०७७ बैशाख १८ मा बढुवा भएका बरिष्ठ उपरीक्षकहरु प्रहरी सेवामा प्रवेश गर्दा एकै पटक भएका कारण तल माथि हुनसक्ने आकलन गरिएको छ ।
एक फुली थप्ने दौडमा दिपक थापा, अशोक सिंह, सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, मिरा चौधरी, बुद्धीराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, भीमप्रसाद ढुंगाना, टेक बहादुर तामाङ, बसन्त बहादुर कुँवर रहेका छन् ।
यसैगरी नायब महानिरीक्षकको दौडमा जनक भट्टराई, विष्णु कुमार केसी, भरत बोहरा, कुवेर कडायत, केदार ढकाल, सुदिप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बास्तोला, किरन राना, लालमणी आचार्य र यज्ञ बिनोद पोख्रेल पनि छन् ।
गत वर्ष बढुवामा परेका विकासराज खनाल लगायत झण्डै आठ जना बरिष्ठ उपरीक्षक पनि आफ्नो तर्क सहित बढुवाको रेसमा छन् ।