काठमाडौं, जेठ २८ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले सबैले आ–आफ्ना गल्ती सच्चाएर अघि बढ्ने हो भने नेपाली कांग्रेसलाई कसैले पराजय गराउन नसक्ने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस गुल्मी काठमाडौं छत्रकोट सम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दा केसीले उक्त कुरा बताएका हुन् । पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीमा कुनै लगानी नभएका र पार्टी बारे केही नबुझेका अराजक व्यक्तिले गर्दा पार्टीका नेता कार्यकताको सम्मानमा आँच पुगेको बताएका थिए ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले कांग्रेसलाई हराउन विपक्षी होइन कांग्रेसकै ऐजेरु लाग्ने गरेकोले त्यस्ता अन्तरघात तत्व पार्टीबाट गए राम्रो हुने बताए ।
अधिवेशन तयारी समितिका संयोजक रामप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सदस्य माधव खरेल, महासमिति सदस्य भगवती भण्डारी, पूर्व महाधिवेशन प्रतिनिधि मोहन ज्ञवाली, नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका अध्यक्ष ज्ञानबहादुर कार्की, युवा नेता योगराज कडेल शर्मा, नेविसंघ गुल्मीका पूर्व सभापति महेन्द्र पाण्डेयले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनले रामप्रसाद भण्डारीको अध्यक्षतामा १७ सदस्य छत्रकोट सम्पर्क समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सरिता सुवेदी अर्याल, रमेश टण्डन, सचिव यादव पन्त, सहसचिव दिवश गौतम, कोषाध्यक्ष महेन्द्र सुवेदी रहेका छन् । यसैगरी समितिको सदस्यमा देवी न्यौपाने, राजन भण्डारी, मेघराज रजाली, सरस्वती पन्त, शिवलाल अर्याल मिलन न्यौपाने, बिक्रम भण्डारी, जीवन ज्ञवाली, कमला कडेल, प्रदिप कडेल र चन्द्र सर्तुङ्गे रहेका छन् ।
गुल्मी सम्पर्क समितिको अधिवेशन प्रतिनिधिमा वडा नं. १ बाट माधव न्यौपाने, रामप्रसाद भण्डारी, भगवती भण्डारी, वडा नं. २ बाट ज्ञानराज भण्डारी, ३ बाट ज्ञानेश अर्याल, ४ बाट योगराज कडेल शर्मा, रिषीराज पन्त, ५ बाट मदन अर्याल, रामप्रसाद भण्डारी र ६ बाट बोधराज कडेल रहेका छन् ।