एक महिना कैद छल्न २५ वर्ष फरार

रिपोर्ट नेपाल | 2018 Aug 01 | 10:41 am 2299

लमजुङ, साउन १६: पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।

विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीव्रता दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.