नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

रिपोर्ट नेपाल | 2022 Jun 10 | 11:59 am 1341

चितवन, जेठ २७ः पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ । ईच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको सडक भर्खर ११ः१५ बजेबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.