प्रधान सेनापति र जापानी राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल | 2022 Jun 08 | 05:36 pm 1181

काठमाडाैं, जेठ २५ः बुधबार प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र जापानका महामहिम राजदूत His Excellency Mr. KIKUTA Yutaka बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.