डीआईजी सुवेदीले न्याय पाए

| 2022 Jun 06 | 08:15 pm 1533

काठमाडौँ, जेठ २३ः नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा हुने भएका छन्। आज अपराह्न चार बजेको मन्त्रिपरिषद् बैठकबाट उनीहरुलाई डीआईजीबाट एआईजीमा बढुवा हुने भएका हुन्।

गृहमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह एआईजी बन्ने निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा यी पाँच जनाको नाम सिफारिस गरेको थियो। त्यस्तै सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम पनि एआईजीमा बढुवा हुँदैछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.