रोहिणी खोलामा बस खस्दा नौ जनाको मृत्यु, २३ जना घाइते

| 2022 Jun 05 | 07:41 am 1573

भैरहवा, जेठ २२ः भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस पुलबाट खोलामा खसेको हो ।

आज (आइतबार) बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जना मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक  नवरत्न पौडेलले बताए ।

चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरी अनुमान छ । घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले जानकारी दिए ।

रोहिणी पुलबाट पटक–पटक सवारीहरु खोलामा खस्ने गरेका छन् । तीनवटा जेसीभीको प्रयोग गरेर दुर्घटनामा परेको बसलाई सुल्टो बनाएर यात्रुको उद्धार गरिएको केसीको भनाइ छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.