गुल्मी, जेठ २१ः माछा मार्ने क्रममा खाेलामा डुवेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इश्मा गाउँपालिका २ का ४१ वर्षीय झबिलाल कुमाल रहेका छन् । शनिवार दिउँसो छल्दी खोलमा माछा मार्न गएका उनको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिए ।
कुमाललाई खोलामा डुबेको अबस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । कुमालको शबलाई पाष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।