काठमाडौं, जेठ २०ः अनामनगरमा रहेका ओक्सिडेण्टल स्कुल र मेघा स्कुलको छेउमा रहेका सडकमा घण्टौं पार्किङ गरेर अस्तव्यस्त बनाउने सवारी धनीका गाडीमा ट्राफिक प्रहरीले लक लगाइ दिएको छ ।

पटक पटक सडकमा पार्किङ नगर्न आग्रह गर्दा पनि अटेर गरेका कारण ट्राफिक प्रहरी कारबाही गर्न बाध्य भएको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक महेशराज पाठकको यो कदमलाई स्थानीय घरधनीले स्वागत गरेका छन् ।
घर अगाडी पार्किङ नगर्न आग्रह गर्दा पनि जबरजस्ती पार्किङ गरेर घण्टौ हराउने गरेका कारण हैरानमिा परेका स्थानीय घरधनी ट्राफिक प्रहरीलाई फोन गरेर बोलाउने गरेका छन् ।
सडकलाई सःशुल्क पार्किङ स्थल झै सम्झेर आफ्नो व्यवसायमा जाने सवारी धनीलाई सडकमा पार्किङ नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।