काठमाडौंको मूलपानीमा एक युवक मृत फेला

रिपोर्ट नेपाल | 2022 Jun 03 | 08:31 am 1401

काठमाडौं, जेठ २०: काठमाडौंको मूलपानीमा एक युवक मृत अवस्थामा भेटिएका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका – ६ मुलपानी लक्ष्मी नारायण मन्दिर नजिक १६ वर्षीय धर्म शाही मृत फेला परेका हुन् ।

बाजुरा बुढिगंगा नगरपालिका वडा नम्बर ९ का शाही बिहीबार बिहान घाँटीमा सुतरको डोरी, जुत्ताको लेस बाँधिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरी वृत्त बौद्ध काठमाडौंमा घटना अनुसन्धानको माग गर्दै जाहेरी दिएको आफन्त दीपेन्द्र शाहीले जानकारी दिए । आफन्त हिक्मत शाहीले बुधबार धर्मलाई काँडाघारी सनसिटीस्थित एक मोटरसाइकल वर्कशपमा काम गर्नका लागि छोडेर गएको थिए । अन्नपूर्ण पाेस्ट अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.