चट्याङ लागेर नवलपरासी पश्चिममा एक जनाको मृत्यु

| 2022 Jun 01 | 09:53 am 1425

नवलपरासी पश्चिम, जेठ १८ः  चट्याङ लागेर नवलपरासी पश्चिममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका ११ विजयपुरका अन्दाजी ४५ वर्षीय इन्द्रबहादुर चौधरी रहेका छन् ।

खेतमा गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.