अन्तर्राष्ट्रिय पत्रकार महासंघमा प्रेस युनियनका अध्यक्ष सिग्देल निर्वाचित

रिपोर्ट नेपाल | 2022 May 31 | 04:44 pm 1469

काठमाडौं, जेठ १७ः नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन्।

ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वर्ल्ड कंग्रेसबाट उनी आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएको भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए।

अध्यक्ष सिग्देल एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन्। आईएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति भएको युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले बताए।

प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो। श्रमजिवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.