काठमाडाैं, जेठ १६ः नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप “AN ENDEAVOUR TO SAVE THE HIMALAYAS” भन्ने मूल नाराका साथ संचालन भएको सफा हिमाल अभियान २०२२ अन्तर्गत कञ्चनजंघा हिमालबाट संकलन गरिएको Non-Bio degradable (नकुहिने) फोहोर १२,३५६ किलाे, उक्त अभियानसँग सम्बद्ध निकाय युनिलिभर नेपाल लिमिटेड, जावलाखेल डिष्ट्रिलरी, WWF Nepal, नेपाल डिष्ट्रिलरी, ईम्प्याक्ट मिडिया लगायत अन्य संघ/संस्था तथा कार्यालयहरुका प्रतिनिधिहरुको रोहवरमा निरिक्षण तथा अनुगमन पश्चात आज मिति २०७९/०२/१६ गते नेपाली सेनाद्वारा श्री अभ्नी भेञ्चर्स प्रा.लि. (Avni Ventures Pvt. Ltd.) लाई हस्तान्तरण गरिएको छ।
साथै, उक्त अभियानकै दौरान मनास्लु हिमालबाट संकलन गरिएका Non-Bio degradable (नकुहिने) फोहोर ४,३६५ किलाे, सो अभियानसँग सम्बद्ध संस्था तथा कार्यालयहरुका प्रतिनिधिहरुको रोहवरमा निरिक्षण तथा अनुगमन पश्चात मिति २०७९/०२/१४ गते नै श्री अभ्नी भेञ्चर्स प्रा. लि. (Avni Ventures Pvt. Ltd.) लाई हस्तान्तरण गरिएको समेत जानकारी गराईएकाे छ ।