सरकारले तारा एयरको जहाज दुर्घटना भएकोबारे छानविन गर्न जाँच आयोग गठन

| 2022 May 30 | 05:11 pm 1713

काठमाडौं, जेठ १६: सरकारले तारा एयरको जहाज दुर्घटना भएकोबारे छानविन गर्न जाँच आयोग गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय जाँच आयोग गठन गरेको हो।

आयोगका अन्य सदस्यहरुमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

पर्यटनमन्त्री प्रेम आलेले मन्त्रीस्तरिय निर्णयबाट तारा एयरको जहाज दुर्घटनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लयेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.