वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 May 30 | 04:55 pm 1197

काठमाडाैं, जेठ १६ः वैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालिका वडा नं. ५ स्थायी वतन भई हाल  भक्तपुर नगरपालिका वडा नं. ८, लिवाली बस्ने कृष्णभक्त मानन्धर रहेका छन् ।

उनले मिति २०७७।०८।१८ मा एनआइसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडमा रहेको निजको खाताहरुबाट रकम भुक्तान हुने भनी उक्त वैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले वैंकिङ् कसूर मुद्दामा मिति २०७८।०९।०२ मा भएकाे फैसलाले प्रतिवादी मानन्धरलाई वैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३ दिन कैद र ९ लाख ५० हजार रुपैंया जरिवाना हुने ठहर गरेको थियाे ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित
टोलीले प्रतिवादीलाई मिति २०७९/०२/१६ गते काभ्रेपलाञ्चोक, वनेपा नगरपालिका वडा नं. १, नालाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.