जहाज दुर्घटनामा परेका २१ जनाको शव भेटियो, काठमाडौं लैजाने तयारी

| 2022 May 30 | 04:14 pm 1917

मुस्ताङ, जेठ १६: तारा एयरको दुर्घटनाग्रस्त जहाजका यात्रुमध्ये २१ जनाको शव फेला परेको छ । अब १ जनाको शव फेला पर्न बाँकी रहेको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए ।

जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शवमध्ये १० जनाको शव माउन्टेन एयरको २ वटा हेलीले थासाङको कोवाङमा ल्याएको छ।

कोवाङमा ल्याइएका १० वटै शवको कानुनी प्रक्रिया र मुचुल्का गर्ने काम भइसकेको र अब १५ मिनेटभित्र कोवाङबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रजिअ शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.