चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2022 May 22 | 02:46 pm 2037

उदयपुर, जेठ ८ः चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा  कटारी नगरपालिका–११ गोठडाँडाकी ४५ बर्षीया भक्त कुमारी बुढाथोकी रहेकी छिन ।

आइतबार बिहान ८ बजेको समयमा आफ्नै घरमा बसीरहेको अबस्थामा पानी सँगै परेको चट्याङ लागि उनी गम्भीर घाईते भएकी थिईन । घाईते बुढाथाेकीलाई तत्काल उपचारको लागि कटारी अस्पताल ल्याएकोमा उनको उपचारको क्रममा १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.