चट्याङ लागेर धादिङमा २ जना घाइते

रिपोर्ट नेपाल | 2022 May 22 | 02:04 pm 1401

धादिङ, जेठ ८ः दक्षिणी धादिङको महाभारत क्षेत्र अन्तरगत चेपाङ गाउँमा शनिबार राती चट्याङ पर्दा दुई जना घाइते भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ स्थित दार्गाजुममा चट्याङ लाग्दा दुई जना चेपाङ घाईते भएका हुन् । घरमा बसीरहेको अवस्थामा चट्याङ लाग्दा ६२ वर्षीय चन्द्र बहादुर चेपाङ र ४३ वर्षीय सम्झना चेपाङ घाईते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरिक्षक भावेशरिमालले बताए ।

घाइते दुवै श्रीमान श्रीमती हुन् । घाइते दुबैजनाको अहिले विदाङ स्वास्थ्य चौंकीमा उपचार भइरहेको घाइतेका छोरा शरण चेपाङले जानकारी दिए ।

चट्याङका कारण घरमा क्षति भएको छ । फुटेको र चर्केको छ । घरमा बाँधिएका ५ ओटा बाख्रा समेत मरेका कारण चेपाङ परिवारको विचल्ली भएको छ। धादिङको दक्षिणी क्षेत्र चैत, वैशाख, जेठमा अत्याधिक चट्याङ पर्ने क्षेत्रकोरुपमा चिनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.