इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रिपोर्ट नेपाल | 2022 May 22 | 07:40 am 1413

इटहरी, जेठ ८ः इटहरी उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेल ३३,०४९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाले २८,०३१ मत प्राप्त गरे ।

नगरसभापति समेत रहेका पौडेल यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । लामो समयदेखि नेकपा एमालेले राज गर्दै आएको इटहरीको मेयरमा निर्वाचित भएपछि उनले अब विकास निर्माणमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरी विजयी भएकी छन् । चौधरीले ३२,४२५ मत प्राप्त गरिन् । यस्तै, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८,०३१ मत प्राप्त गरे । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.