मत परिणामलाई लिएर दुई समूहबीच झडप

| 2022 May 20 | 07:22 am 1689

बाँके, जेठ ६ः चुनावी मत परिणामका विषयलाई लिएर नेपालगन्ज वडा नं. १७ परसपुरमा झडप भएको छ । वडाध्यक्षमा निर्वाचित लक्ष्मणप्रसाद वर्माको समूहमाथि आक्रमण भएपछि दुई समूहबीच झडप भएको हो ।

नेपाली कांग्रेसका नेता बादशाह कुर्मी परिवार र निवर्तमान वडाध्यक्ष अजय पाठकका समर्थकबीच चुनावी परिणामलाई लिएर झडपमा भएको हो ।

कांग्रेस नेता बादशाह कुर्मीले विजय जुलुसमाथि पाठकको समूहले आक्रमण गरेको दाबी गरेका छन् । उनीहरुले वडाध्यक्षलाई नियन्त्रणमा लिएर कुटपिट गरेको र ७ जना गम्भीर घाइते भएको आरोप छ।

वडाध्यक्षका उम्मेदवार रहेका अजय पाठकविरुद्ध उजुरी परेपछि उनको उम्मेदवारी रद्द भएको थियो । उम्मेदवारी रद्द गराउन सत्ताको शक्ति कुर्मीले दुरुपयोग गरेको आरोप पाठकले लगाउँदै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.