कटुवा पेस्तोलसहित दुई जना पक्राउ

| 2022 May 17 | 08:28 pm 1453

बारा, जेठ ३ः जिल्लाको निजगढ नगरपालिका ११ स्थित रतनपुरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले एउटा कटुवा पेस्तोल, खुकुरी र रडसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय रुद्र प्रसाद चौधरी र २५ वर्षीय शिवकुमार चौधरी रहेका छन् ।

उनीहरु आपसमा झगडा गरिरहेका भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रतनपुरीलालबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनीरुलाई शंका लागि जाँच गर्दा रुद्र प्रसाद चौधरीको साथमा एउटा कटुवा
पेस्तोल र शिवकुमार चौधरीको साथमा एउटा खकुरी र दुई थान रड फेला पारेको हो ।  त्यसवेला उनीहरुले प्रयोगमा ल्याएको बा ८ प ३५६३ र बा २५ प ९८१४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, खुकुरी, रड र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

अवैध रुपमा पैसा उठाउँदै हिडेका सहनी पक्राउ
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ आईसीपी पेरिमिटर भित्र अनाधिकृत व्यक्तिले बिल्टि तथा पार्किङ्ग काट्ने भनि पैसा उठाउँदै हिडेको अवस्थामा सोही ठाउँ बस्ने २० वर्षीय शिवनारायण सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । आईसीपी पेरिमिटर भित्र गाडी मिस्त्री भनि भित्र पसेर उनले बिल्टि तथा पार्किङ्ग काटिदिन्छु भनि पैसा उठाउँदै हिडेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल फरवार्ड आईसीपीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका निजलाई आवश्यक कारवाहीको लागि प्रहरी चौकी सिर्सियामा बुझाईएको छ ।

गाँजा बरामद
बारा जिल्लाको पचरौता नगरपालिका १ मुसहर बस्ती ईलाकाबाट सशस्त्र प्रहरीले करीव १५ किलाे गाँजा बरामद गरेको छ । ना १० ख ८२०४ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्ति सशस्त्र प्रहरी बल नेपाल बिओपी पिपरपातीबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनले बोकेको उक्त गाजाँ तथा निजले प्रयोग गरेको मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद गाँजा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको विभिन्न सामानसहित दुई वटा अटो बरामद
कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ खक्रौलास्थित सीमा ईलाकाबाट करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरिएको छ । से १ ह २७१७ र सुपप्र ०१–००१ ह ३०५९ नम्बरको अटोमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी खक्रौलाबाट खटिएको सशस्त्र प्रहरी र स्थानीय भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । त्यसवेला सामान ल्याउन
प्रयोग भएको उल्लेखित दुई वटै अटो समेत बरामद गरिएको छ । बरामद सामान तथा अटो भन्सार कार्यालय खक्रौलामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना सामान र मोटर पार्टस बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १७ मटेरुवास्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.