प्रधानमन्त्री देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन

| 2022 May 17 | 11:12 am 1581

काठमाडौं, जेठ ३ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार, उनको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ । भाइप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री देउवा पशुपति गएका छन् । उनी लामो समय क्यान्सर रोगबाट पीडित थिए । देउवाको क्यान्सर अस्पताल काठमाडौंमा उपचार भइरहेको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि एक महिना पहिले बीर अस्पताल सरिएका उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाई घर भएका उनी लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । उनका दुई छोरा र दुई छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.