काठमाडौं, बैशाख ११ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्रबाट १०० दरका १०८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर बरामद गरिएको छ ।
बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्यान्ड ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिए । बरामद डलर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।