- महेश सिंह
सिरहा, चैत ९ः लहान नगरपालिका १५ बानो खोलामा पुल निर्माणको लागि मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवद्वारा शिलयानास भएको छ। नेपाली काङ्ग्रेसको चर्चीत नेताहरुको उपस्थितिमा पुलको सिलन्यास भएको हो। लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा राम सरोज यादव रहेका थिए।

अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला उप–सभापति सुनिल महतो सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चौधरी, लहान नगरसभापति रासलाल राय, महासमिति सदस्य पुनम चौधरी,नेता अरुण केसी, लगायत नेताहरुको कार्यक्रममा उपस्थिति रहेका थिए।
उक्त खोलामा बर्षौ देखि पुल नहुँदा स्थानीयलाई बर्षादको समयमा ओहर दोहर गर्न कठिनाई हुने गरेको थियो। पुल सिलन्यास भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन्। साथै लहान १० स्थित रहेको खुट्टीखोलाको निरिक्षण समेत गरेका थिए।