हाेली खेलेर सेल्फी खिच्ने क्रममा लडेर एक महिलाकाे मृत्यु, एक घाइते

| 2022 Mar 18 | 02:11 pm 2957

काठमाडौं, चैत ४ः होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–५ गोलढुङ्गाकी बस्ने ४३ वर्षीया जीवनकुमारी खड्का  रहेकी छन् ।

सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी खड्कालाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रेलिङ भाँचिदा लडेर उनीसँगै घाइते भएकी ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.