२ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

| 2022 Mar 17 | 05:51 pm 1369

सिन्धुली, चैत ३ः कमलामाई नगरपालिका-१२ लुडेडाँडाबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय पूर्ण बहादुर राना र ५० वर्षीय लाल बहादुर ब्लोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्ण बहादुरको घरबाट १ थान खाली भरुवा बन्दुक र लाल बहादुरको घरबाट १ थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.