दक्षिण कोरिया पठाई दिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ

| 2022 Mar 14 | 10:14 pm 1597

काठमाडाैं, फागुन ३०ः दक्षिण कोरिया पठाई दिन्छु भनि ठगी गर्ने एक कोरियन नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दक्षिण कोरिया घर भई हाल कामपा. वडा नं.७ लाहुरेटोल, चावहिल बस्ने ७३ बर्षीय RAE SEE JUNG रहेका छन् ।

उनले OK Consultancy को संचालक हुँ भनि Welding Training गराई दक्षिण कोरियामा रोजगारमा पठाई दिन्छु भनि पीडितबाट रकम लिई रोजगारको लागि दक्षिण कोरिया नपठाई रकम ठगी गरेको भनि पीडितबाट प्राप्त जाहेरीको आधारमा खोजतलास गर्दै जाँदा साेमबार का.म.पा.वडा नं.६ महांकालबाट पक्राउ गरिएकाे ब्यूराेले जानकारी दिएकाे हाे ।

उनलाई ठगी सम्बन्धी कसूरमा पक्राउ गरि आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत, गौशाला, काठमाण्डौंमा पठाईएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.