सङ्खुवासभा बस दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

रिपोर्ट नेपाल | 2022 Mar 10 | 11:25 am 1277

सङ्खुवासभा, फागुन २६ः  मादी नगरपालिका-६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। मादी-६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मृत्यु भएकाहरूकाे भने पहिचान भइसकेको छैन। उक्त दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकबारे विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.