सशस्त्र प्रहरी परिवार महिला संघद्धारा एपीएफ अस्पताललाई पाठेघरको चेकजाँच गर्ने मेसीन प्रदान

| 2022 Mar 09 | 12:39 pm 1205

काठमाडौं, ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेकी छन् । उनले सो अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई उक्त मेसीन हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पुर्याउने संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहाकार र नेपाल एपीएफ अस्पतालका डाक्टरलाई प्रशंसा पत्र समेत प्रदान गरिन् ।अस्पताललाई प्राप्त मेसीनको प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभावकारी हुने बिश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.