सांसद बानियाँ निलम्बन

| 2022 Mar 06 | 03:28 pm 1277

काठमाडौं, फागुन २२ः बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।

आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् ।

सभामुख सापकोटाले बानियाँलाई फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको आइतबारको बैठकमा अवगत गराउनुभएको हो । सभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

उनलाई एक महिलाले बलात्कारको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.