आज सुनकाे मुल्य एक लाख भन्दा माथि

| 2022 Mar 06 | 02:01 pm 1553

काठमाडौं, फागुन २२ः नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत वर्ष २०७७ सालको भदौ यता पहिलोपटक सुनको मूल्य १ लाख रुपैयाँभन्दा बढी भएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी हो । यसअघि, गत वर्ष सुनको मूल्यले उच्च कीर्तिमान कायम गर्दा पनि चाँदीले यो मूल्य भेट्टाएको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.