काठ बरामत तस्कर फरार

रिपोर्ट नेपाल | 2018 Jul 28 | 08:40 am 2838

पाल्पा, साउन १२ : रामपुर नगरपालिका वार्ड नं ३ रजगरा स्थित निस्दी खोलाको बगर किनारमा हिजो शुक्रबार  बेलुकी ७ बजे अवैध रुपमा खोलामा टुनीको चिरान काठ तस्करी गरेको अवस्थामा काठ बरामत गरेको छ ।

नयाँ तरिकाबाट खोलाको बहाव संगै बगाउंदै तस्करी गर्दै लैजान लागेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी केलादी र ईप्रका रामपुरको प्रहरी टोलीले उक्त स्थानबाट १८ थान चिरानको काठ र खोला किनारमा बहाव संगै तैरिरहेको बेवारिसे अवस्थामा रहेको काठ नियन्त्रणमा लिई ईलाका वन कार्यालय रामपुरलाई बुझाएको छ ।

तस्करीको प्रकृया अपनाई काठ तस्कर गर्ने कार्यमा संलग्न व्यक्तिहरु फरार भएको र तिनिहरुको व्यापक रुपमा खोजतलास कार्य भैरहेको कुरा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.