अवैध लागूऔषध सहित ४ जना पक्राउ

| 2022 Feb 27 | 04:22 pm 1293

सर्लाही, फागुन १५ः लालबन्दी नगरपालिका-२ जुटपानी नहरस्थित सडकबाट करिब ९ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ब्रहम्पुरी गाउँपालिका-४ बस्ने २० वर्षीय तमने साह र १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । नवलपुरबाट मंलगवातर्फ जादै गरेको बिआर ३० डब्लु ६५६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा चामलको बोराभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ रिहारबाट ८ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-८ बस्ने २१ वर्षीय सुमन थारु र बढैयाताल गाउँपालिका-८ बस्ने ३५ वर्षीया राज कुमारी थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-५ मैनी बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परिक्षार्थी पक्राउ

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामस्थित श्री कृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक ) तर्फको परीक्षामा नक्कली परिक्षार्थी बनि परीक्षा दिँदै गरेको अवस्थामा जुम्ला कनका सुन्दरी गाउँपालिका-८ बस्ने २३ वर्षीय लक्ष्मी प्रसाद सन्ज्याललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै भाइ २० वर्षीय अग्नि प्रसाद सन्ज्यालको नाममा परीक्षा दिदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.