प्रधान सेनापति र बेलायती सेनाका Lt. General Richard Wardlaw OBE बीच भेटघाट

रिपोर्ट नेपाल | 2022 Feb 25 | 06:56 pm 2125

काठमाडाैं, फागुन १३ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा र बेलायती सेनाका Lt. General Richard Wardlaw OBE बीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.