विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

| 2022 Feb 25 | 06:53 pm 2225

सप्तरी, फागुन १३ः जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय प्रभानन्द यादव र २०
वर्षीय भगवती कुमार यादव रहेका छन् । बा ४७ प ६६५८ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम ६७ एम्पुल, फेनेरागन ६ एम्पुल र लीजिक ४० एम्पुल फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

काठ बरामद
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ मानपुरस्थित कर्गोली खोलाको किनारबाट सशस्त्र प्रहरीले करीव ६ लाख २४ हजार रुपैयाँ बराबरको १ सय ५६ क्यूफिट सिसौको काठ बरामद गरेको छ । सो ठाउँमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुरपुरामा बुझार्ईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.