काठमाडौं, फागुन १२ः बिहीबारका लागि आह्वान गरिएकाे प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको कार्यव्यवस्था समिति बैठकमा संसद बैठकको कार्यसूचीमा सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।
सरकारको आग्रहमा बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।