काठमाडौं, फागुन ११ः नक्कली जग्गा धनीपूर्जा देखाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडाैं बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने ३९ वर्षीय हितबहाददुर बुढाथोकी रहेका छन् ।
उनले काठमाडौं बस्दै आएका रामेछापकी कृष्णमाया घिसिङलाई काठमाडौंस्थित साँखुमा जग्गा मिलाइ दिन्छु भनि ठगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले उक्त जग्गा ३५ लाखमा मिलाइ दिन्छु भनी जग्गाको लालपुर्जा र नक्सा उपलब्ध गरी ३५ दिनमा जग्गा पास गरी दिन्छु भनी ३३ लाख रुपैया लिएर पनि जग्गा पास नगरेको पाइएको छ ।
उनले अरुको जग्गा आफ्नो भन्दै नक्कली पुर्जा र नक्सा बनाएर ठगी गरेका प्रहरीले जनाएको छ ।